FAQs Complain Problems

खप्तड छेडेदह गाउँपालिकाकाे एक संक्षिप्त परिचय

छेडेदह गाउपालिकालार्ई पनि साविकको डोगडी, आटिचौर, गुदुखाति, जयवागेश्वरी र काँडा गाविसलाई गाभेर छेडेदह गाउपालिकाका नाममा सिफरिस गरेको नेपाल सरकारले सोही अनुसार यस गाउ पालिकाको पनि घोषण गरेको थियो ।। साविकका गोगडी, आटिचौर, गुदुखाति, जयवागेश्वरी र काँडा  गाविसका तपशिलका वडाहरुलाई नयाँ गाउपालिकाका तपशिलका वडामा विभाजन गरिएको छ ।
वडा नं.      साविक
१     काँडा १ देखी ९    
२     जयवागेश्वरी १ देखी ९
३    गुदुखाती    १,४,५    
४    गुदुखाती    २,३,७ ८ र  ९    
५    डोगडी    १ देखी ९    
६    आटिचौर    ६ देखी ९    
७    आटिचौर    १ देखी ५    

१.२ नामाकरण
छेडेदह गाउपालिकाको नाम साविकका डोगडी, आटिचौर र गुदुखाति गाविसको लगभग विच भागमा पर्ने धार्मिक तथा पर्यटकीय रुपमा प्रख्यात छेडेदह तालको नाम संग जोडिएको छ । साविकको आटिचौर, डोगडी र गुदुखाति गाविसको विचमा रहेको छेडेदह धार्मिक स्थल तथा तालको नामबाट यस गाउपालिकाको नामाकण गरिएको हो । छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचैर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो ।

१.३  भौगोलिक अवस्थिति
बाजुरा जिल्लामा रहेका ९ वटा स्थानीय तहहरु मध्ये छेडेदह गाउपालिका पनि एक हो । यस गाउपालिको सिमाना पूर्वमा बडिमालिका नगरपालिका, पश्चिममा बझागं जिल्ला,  उत्तरमा गौमुल गाउपालिका र  दक्षिणमा बुढिगंगा नगरपालिका र अछाम जिल्ला सँग जोडिएको छ । यो गाउपालिका समुद्री सतह देखि १०४० मिटर देखि ३१८०० मि. सम्म फैलिएको छ । यस गाउपालिकाको अधिकाँश भूभाग उच्च पहाडी क्षेत्र भित्र पर्दछ ।  यो गाउ पालिका ५१६६६६.५१५२४०  मि पश्चिमी देशान्तर देखि ५४०६४४९.००२७५३ मि.पूर्वी देशान्तर सम्म फैलिएको छ  भने  ३२५९६४३.४५२९१० मि उत्तर देखि ३२४६०५३.९९६७१४ मि दक्षिणी अक्षाँश सम्म फैलिएको छ ।
१.४ क्षेत्रफल
१३५.०८ वर्ग किलो मिटर क्षेत्रफलमा यो गाउँपालिका फैलिएको छ ।
१.५ भौगोलिक स्वरुप
यस गाउँपालिकाको अधिकाँश भु–भाग उच्च पहाडी क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको अधिकाँश भुभाग भिरालो रहेको छ । कही कही खोला तथा नदी किनारामा भने साना साना फाट तथा खोँचहरु पनि रहेका छन । यस नगरपालिकामा वनजंगलले मात्र ४१.७३ प्रतिशत भुभाग ओगटेको छ । घासे भु–भाग, वुट्यान र उजाड भुभागले पनि २१.६७ प्रतिशत ओगटेको छ । चट्टानी भागले ०.००९८ प्रतिशत ओगटेको छ ।